राष्ट्रिय जुनियर टेनिस शनिबारदेखि

राष्ट्रिय जुनियर टेनिस शनिबारदेखि


अखिल नेपाल लनटेनिस संघको आयोजनामा प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेर समूहको ब्वाइज÷गल्र्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले जनाएकी छन्। त्यस्तै ब्वाइज÷गल्र्स खुला डबल्समा पनि खेल हुनेछ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ। आठदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.