रसिलाले इन्डोनेसियामा पहिलो खेल जितिन


नेपाली खेलाडी रसिला महर्जनले ईन्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एशिया जुनियर च्याम्पियनसिप २०१७ मा मंगालियाकी खेलाडी खेरलेन दारखान बातारलाई पराजित गर्दै पहिलो चरणको खेलमा सफलता हात पारेकी छिन्।

महर्जनले दारखानलाई २१÷९, २१÷१५ ले जित हात पार्न सफल भएकी नेपाल ब्याडमिन्टन संघले जनाएको छ। महर्जनले दोश्रो चरणमा बिहिबार थाईल्याण्डकी चनाचिदा जुचारियोन संग प्रतिस्पर्धा गर्नेछिन्। बुधबार भएको पुरुष जुनियर तर्फको खेलमा नेपालका तीन खेलाडी प्रफुल महर्जन, रुकेश महर्जन र पविन लिनथेपले पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.