भारत्तोलनमा प्रकाश र सुरजको राष्ट्रिय किर्तिमान

19th Asian Youth Weight Lifting Championship 69 Kg Catagody Clean Jerk Prakash KC


नेपाली युवा भारत्तोलक प्रकाश केसी र सुरज वैश्यले नेपालमा आयोजना भइरहेको युथ एन्ड जुनियर एशियन भारत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

प्रकाशले ६९ केजी तौलको जुनियरमा स्नाचमा सय केजी र क्लिन एन्ड जर्कमा १ सय ३२ केजी गरी कूल २ सय ३२ केजी तौल उठाउँदै राष्ट्रिय किर्तिमान कायम गरेका हुन्। अर्का खेलाडी सुरज बैश्यले युथतर्फ स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ गरी कूल १ सय ७० केजी तौल उठाउँदै राष्ट्रिय किर्तिमान कायम गरे।

यस तौल समूहमा अशोक कुमार शाहले २०७० मा भएको लुम्बिनी च्याम्पियनसिपमा स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरी कूल १ सय ३० केजीको राष्ट्रिय किर्तिमान बनाएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.