अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान


नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पुरुष ५० मिटर बटरफ्लाइ २८ दशमलव २६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे। उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८ दशमलव ४३ सेकेन्डको कीर्तिमान तोडे।

शुभम श्रेष्ठ

पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान बनाएका शुभमले निर्धारित दूरी तय गर्न १ मिनेट ११ दशमलव ३४ सेकेन्ड समय खर्चे। यसअघि १ मिनेट १२ दशमलव २५ सेकेन्डको कीर्तिमान ओलम्पियन एलिस श्रेष्ठको नाममा थियो। एलिसले उक्त कीर्तिमान २००४ को एथेन्स ओलम्पिकमा बनाएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.