ब्याडमिन्टन टोली इन्डोनेसिया प्रस्थान


एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसिया प्रस्थान गरेको छ।

जुलाई २२ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा ३–३ पुरुष महिला खेलाडीले सिंगल्स, डबल्स, मिक्स डबल्स र मिक्स टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषमा प्रफुल महर्जन, रविन लिङथेन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखियाँले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा उदयकुमार श्रेष्ठ छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.