पुष्पलाल ब्याडमिन्टनमा तामाङ्ग दिदी-भाइद्वारा उपाधी रक्षा

पुष्पलाल ब्याडमिन्टनमा तामाङ्ग दिदी-भाइद्वारा उपाधी रक्षा


योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो बर्चस्व कायम गरेको छ। ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो।

तामाङ्ग दिदी-भाइ नङ्गशलदेवी र रत्नजित पूर्व उपाधी जोगाउन सफल रहे। सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गल्र्स यु–१७ र यु–१५ एकलमा जित हात पार्यो। २ विधा ब्वाईज यु–१५ एकल र भेट्रान्स ४५ माथिको विधामा मात्र सेना पछाडि परेको थियो।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा सेनाका साविक विजेता रत्नजित तामाङ्गले सेनाकै नवीन श्रेष्ठलाई २३÷२१ र २१÷१७ ले पराजित गर्दै उपाधी रक्षा गरे।

यस्तै महिला एकल तर्फ पनि साविक विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङ्गले आफ्नै क्लबकी अमिता गिरीलाई २१÷१४, १९÷२१ र २१÷८ ले पराजित गर्दै उपाधी रक्षा गरिन्। विजेताले नगद ५० हजार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। यस्तै तृतीय स्थान हात पार्ने खेलाडीहरुले नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे।


सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पुरुष जोडी तर्फको उपाधी पनि सेनाको पोल्टामा पर्यो। सेनाका रत्नजित र नवीन श्रेष्ठको जोडीले पुलिसका बिष्णु कटुवाल र दिपेश धामीको जोडीलाई २१÷१७, २१÷१८ को सोझो सेटमा पाखा लगाउन सफल भए।

खेल सामाग्री निर्माता अन्तराष्ट्रिय संस्था योनेक्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला जोडी तर्फ सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङ्गको जोडीलाई २१÷११, १६÷२१ र २१÷१४ ले पराजित गरे।

यस्तै ब्वाईज यु–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१÷२३, २१÷१६ र २१÷१५ले, ब्वाईज यु–१७ मा सेनाका प्रफुल महर्जनले सेनाकै पविन लिङ्गथेपलाई २१÷९, २१÷१६ले पराजित गर्दै उपाधी हात पारे।

गल्र्स यु–१५ र १७ एकल दुवैमा सेनाकी रसिला महर्जनले जित हात पारिन्। उनले यु–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१÷१२, २१÷१७ ले तथा यु–१७ मा बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१÷१०, २१÷६ ले पराजित गर्दै प्रथम स्थान हात पारिन्।

विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १० हजार, ७ हजार र ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

प्रतियोगिताको भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई गल्र्स १५ एकलमा सेनाकी रसिला महर्जनले जेष्ट ब्याडमिन्टन एकेडेमीका रञ्जना भट्टलाई २१÷१०, २१÷१२ को सेटमा पराजित गर्दै जित आत्मसाथ गरे। विजयी खेलाडीहरुले खेल सामाग्री प्राप्त गरे।

प्रतियोगिताको अर्को संस्करण मोफसलमा आयोजना गरिने नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.