फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रेसलिङ प्रतियोगिता हुने


पोखरामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेसलिङ प्रतियोगिता हुने भएको छ।

नेपाल रिङ रेसिलिङ संघले होलीको अवसर पारेर पोखराको रंगशालामा रेसलिङ प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल भारत, अमेरिका र रसिया गरी जम्मा १८ रेसलर सहभागि हुने संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिइन् ।

पोखरामा यस अघि पनि अन्तर्राष्ट्रिय रेसलिङ प्रतियोगिता भएको थियो। नेपालमा रेसलिङलाई स्थापित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिइन।

यस वर्ष संघले नेपालका १२ वटा जिल्लामा यस्तै प्रकारको प्रतियोगिता आयोजना गर्दैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.