बर्दियामा आजबाट राष्ट्रिय कबड्डी प्रतियोगिता सुरू


राष्ट्रिय खेलकुद परिषद् ‍‍(राखेप) च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा सुरू भएको छ।

अखिल नेपाल कबड्डी संघद्वारा भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो। बर्दियामा पहिलो पटक सुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष र महिलाका आठ आठ वटा समूहका गरी १९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुने छन्। २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरी दश वटा समूह तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका छ वटा समूह सहभागी हुने छन्।

प्रतियोगिताबाट आगामी अगष्ट महिनामा इण्डोनेशियामा हुने एसियन खेलका लागि खेलाडी छनोटसमेत गरिने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.