राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने


कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राखेप ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले बताए। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले रु आठ लाख, सटल कर्क, मेडल तथा प्रमाणपत्र उपलब्ध गराउने छ ।

संघले प्रतियोगितास्थल स्थानीय कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले बताउनुभयो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.