सुरू भयाे तेस्राे राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप


राखेप च्याम्पियनसिप अन्तर्गतकाे  तेस्राे राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप सुरू भएकाे छ। प्रतियोगिताको पहिलो दिन बिहिबार महिला इपी तर्फ एपिएफकी अनिता कार्की र पुरुषतर्फ जंग गिरीले स्वर्ण जितेका हुन्।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको यो स्पर्धामा महिलातर्फ  नेपाली सेनाकी ईन्दिरा पौडेलले रजत तथा  सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतानले कास्य पाए। ईपी विधा अन्तर्गत नै पुरुष तर्फ सेनाका दिपेन्द्र विष्टले रजत प्राप्त गर्दा एपिएफका राजेन्द्र श्रेष्ठ र सेनाका सागर के.सी.ले कास्य पाए।

तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले गरेका थिए। प्रतियोगितामा नेपाली सेना, एपिएफ मध्यमाञ्चल र पश्चिमाञ्चलका गरि कूल ९६ खेलाडीहरूको उपस्थिति रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.