साइकलिस्ट क्यारोलिन बुचानन दुर्घटनामा परी गम्भीर घाइते

फोटाे: एबिसी अनलाइन


दुई पटकको विश्व साइकल च्याम्पियन एवं ओलम्पियन, साइकलिस्ट क्यारोलिन बुचानन कार दुर्घटनामा परी गम्भीर घाइते भएकी छिन्।

२७ वर्षीय बुचाननले अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तस्वीर आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन्। उनले लेखे अनुसार  दुर्घटनाबाट उनको नाक, घाँटी र फोक्सोमा गम्भीर चोट लागेको छ।

स्थानीय मिडियाका अनुसार अस्ट्रेलियाको न्यू साउथ वेल्समा उनको कार एकल दुर्घटनामा परेको थियो। यद्यपि उनलाई लागेको चोटपटक र दुर्घटनाको विस्तृत विवरण भने आइसकेको छैन।

बुचाननले माउण्टेन बाइक च्याम्पियनसीप अन्तर्गत  अस्ट्रेलियाको लागि सन् २०१२ र २०१६ को ओलम्पिक खेलेकी थिइन्। दुर्घटनापछि उनले यसवर्ष हुने सबै प्रतियोगिताहरू गुमाउने निश्चित भइसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.