१४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति घोषणाका लागि पाकिस्तान ओलम्पिक कमिटीले बैठक बोलाएको छ।
आगामी फागुन १३ र १४ गते का लागि पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले बैठक बोलाएको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाकारी दिए। बैठक पाकिस्तानको लाहोरमा हुनेछ।
सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) का अध्यक्ष समेत हुन्।
१४औं संस्करणको साग गेम्स पाकिस्तानमा हुने पूर्व सहमति छ। जसमा सन् २०२५ मा साग गेम्स हुने निर्णय भएको थियो।
आगामी महिना हुने बैठकमा सागको मिति, समावेश हुने खेल र आयोजना स्थालबारे छलफल हुनेछ।
बैठकको अवसरमा सहभागी सम्भावित खेल स्थलको पनि भ्रमण गराइनेछ।
सन् २०१९ मा नेपालमा १३औं संस्करणको साग आयोजना भएको थियो। त्यतिबेला नेपालले पाकिस्तानलाई १४औं संस्करणको आयोजकको रुपमा झण्डा हस्तान्तरण गरेको थियो।