इटहरीको पशुपति फुटबल क्लब मोरङका बयरबनमा जारी पूर्वाञ्चलस्तरीय दोस्रो बयरबन फुटसल सिक्स ए साइड फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
पथरी स्पार्टिङ क्लव पथरीलाई ४ का बिरूद्ध ५ गोल गर्दै पशुपति फुटबल क्लव ईटहरी अन्तिम चारमा प्रवेश गरेको छ।
अत्यान्तै प्रतिश्पर्धात्मक खेलमा पशुपतिका लागि अमर मगरले खेलका ६,२७ र ३८औं मिनेटमा गोल गर्दै टिमका लागि ह्याट्रिक गरे। थप गोल दिलिप राजबंशीले ८ र ४१ औं मिनेटमा गरेका थिए।
त्यस्तै पथरीका लागि साईमन लिम्बुले १२, १६ र २४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे पनि हार टार्न सकेनन्। पथरीका लागि मीन धिमालले ४९औं मिनेटमा चौथो गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच पथरीका साईमन लिम्बु भए।
भोलिको खेल मोरङ कलेक्सन र धरान फुटबल क्लव सुनसरी बिच हुने आयोजकले जनाएको छ।
बयरबन युवा जमातको आयोजनामा सुरू युरोपियन खेल सिक्स ए साइडलाई फुटसलको नाममा खेलाईएको हो।
कात्तिक ६ देखि १५ सम्म सञचालन हुने खेलमा पूर्वाञ्चलका ८ टिमले प्रतिश्पर्धा गरिरहेका छन्।
जनता आधारभुत विद्यालय कानेपोखरी ४ बयरबनको खुल्ला खेल मैदानमा हुने खेलको विजेताले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले ३० हजार, ट्रफि र प्रमाण पत्र पाउनेछन्।