एएफसी एशिया कप फुटबल: ६ वर्षपछि छानियो भारत


भारत ४— १ गोलले मकाउलाई पराजित गर्दै एएफसी एशिया कप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ। यससँगै भारत चौंथोपल्ट छनोट हुन सफल भएको हो।

भारतले यो जीतसँगै छनोट चरणमा आफ्नो विजयी अभियानलाई जारी राखेको छ। यो भारतको लगातार चौंथो जीत हो। एएफसी एशिया कप २०१९ मा युएईमा आयोजना हुँदैछ।

भारतले अब २४ नोभेम्बरमा म्यानमार र किर्गिस्तानसँग खेल्न बाँकी छ। यी दुवै खेल भारतका लागि औपचारिक मात्र बनेका छन्। यसअघि भारत १९६४, १९८४ र २०११ मा एशिया कपका लागि छनोट भएको थियो।

मकाउसँग जीत निकालेको भारतको समूह ‘ए’ मा १२ अंक रहेको छ। भारतको जीतमा राउलिन बोर्जेसले २८ मिनेटमा पहिलो गोल गरेका थिए। कप्तान क्षेत्रीले ६० मिनेटमा दोस्रो गोल गरेका थिए। तेस्रो गोल ७० मिनेटमा आत्मघातीको रुपमा भारतले उपहार पाएको थियो। चौंथो गोल ९२ मिनेटमा जेजे लालपेखलुआले गरेका थिए । भारत आफ्नो स्टार स्ट्राइकर सुनिल क्षेत्रीको कप्तानीमा मैदान उत्रेको थियो । मकाउका लागि एकमात्र गोल निकोलस टेराओले ३७ मिनेटमा गरेका थिए ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.