इक्वेडरविरूद्ध मेसीको ह्याट्रिक


रसिया हुने विश्वकप २०१८ का लागि भइरहेको छनौट खेलमा अर्जेटिनाका स्टार खेलाडी लियोनल मेसीले इक्वेडर विरूद्ध ह्याट्रिक गोल गरेका छन्

खेलको सुरुमा इक्वेडरका रोमारियो इबोरा अर्जेन्टिनाविरूद्ध ले पहिलो गोल गरेका थिए। त्यसपछि मेसीले १२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको २० औं मिनेटमा उनले दोस्रो गोल गरे।

दोस्रो हाफको ६२ औं मिनेटमा मेसी तेस्रो गोल गर्दै इक्वेडरविरूद्ध ह्याट्रिक गरे। मेसीको ह्याट्रिकसँग घरेलु मैदानमा खेलिरहेको इक्वेडरलाई जीत निकाल्न कठिन बनेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.