नेपालले माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ। साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै अप्रत्यासित पराजय बेहोरेको थियो।
दबाबमा रहेको नेपाली टोलीले माल्दिभ्समाथि सहज जित दर्ता गर्ने क्रममा रोमन लिम्बु र रोजिन सुब्बाले गोल गरे।
खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो हाफमा दोस्रो गोल गरेको थियो। रोमन लिम्बुले सातौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए।
पाँच राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा सबैले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका दुई शीर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।