साफ यू १८ फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ।
डिफेन्डिङ च्याम्पियन नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानसँग १-० गोल अन्तरमा पराजित भएको हो।
राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ। यस्तै भारत पनि बंगलादेशसँग ४-३ले पराजित भइसकेको छ।