पहिलो हाफ नेपालले इराकलाई बराबरीमा रोक्यो LIVE


एएफसी यू-१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले इराकसँग खेलिरहेको छ। पहिलो हाफ सकिदाँसम्म नेपालले बलियो टोली इराकलाई गोलरहित बराबरीमा रोकेको छ।

इराकले निरन्तर नेपालमाथि दबाब दिएपनि गोल गर्न भने सकेको छैन ।

पहिलो हाफमा इराकी टोली खेलमा हावी देखिएको छ । इराकले निरन्तर नेपालमाथि दबाब सिर्जना गरेपनि नेपालले भने कुनै राम्रो मुभ बनाउन सकेको छैन । फर्स्ट टच र पासमा कम्जोर देखिएको नेपाली टोलीले पटक-पटक पोसेसन गुमाएपछि कुनै प्रहार गर्न सकेको छैन । पहिलो हाफमा नेपाली डिफेन्डरहरु व्यस्त देखिए ।

लाईभ हेर्नुहोस्

दोस्रो हाफ सुरू भयो। हेर्नुहोस् LIVE नेपालविरूद्ध इराक

Posted by Setopati on Wednesday, 20 September 2017

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.