१६ क्लबबीच ‘ए’ डिभिजन लिग हुने, होम एण्ड अवेमा खेलिने

१६ क्लबबीच ‘ए’ डिभिजन लिग हुने, होम एण्ड अवेमा खेलिने


अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिगमा सहभागी हुने क्लब संख्या बढाएर १६ पुर्‍याउने भएको छ। बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले यस्तो निर्णय  गरेको हो।

यसअघि १२ टोली सहभागी हुने गरेको लिगमा अब राष्ट्रिय लिग खेलेका मोफसलका ४ क्लबले पनि एन्फाले ‘ए’ डिभिजनको मान्यता पाएका छन्। यद्दपी प्रस्ताव गरिएका सबै टोलीले लिग खेल्ने नखेल्ने विषयमा भने टुंगो लागि नसकेको एन्फाले जनाएको छ।

एन्फाले ‘ए’ डिभिजन लिग पनि ‘होम एण्ड अवे’ पद्दतिमा खेलाइने निर्णय गरेको छ। यसअघि ए डिभिजनमा रहेका सबै क्लब काठमाडौं उपत्यकाका हुँदै आएका थिए।

एन्फाले अघिल्लो बैठकमा मंसिर दोस्रो साताबाट लिग आयोजना गर्ने निर्णय गरेको थियो।

‘ए’ डिभिजन क्लबहरू:

थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वति युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, ब्रिगेड ब्वाइज क्लब

नवप्रवेशी मोफसलका क्लब: झापा एघार, मोरङ एघार, रूपन्देही एघार, सुदूरपश्चिम फुटबल क्लब

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.