१० खेलाडीमा सिमित लिभरपुल बराबरीमा रोकियो


लिभरपुल र स्पेनिस क्लब सेभिल्लाले गएराति भएको च्याम्पियन्स लिगको नयाँ सिजनमा बराबरी खेलेका छन्

समूह ‘इ’ अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब सेभिल्लाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले गोल गरे। सेभिल्लाका लागि विसाम वेन यद्धर र योआकिन कारेयाले गोल गरे। खेलको इन्जुरी समयमा जो गोमेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो।

समूह ‘इ’ कै अर्को खेलमा स्पार्टक मस्कोले १–१ बराबरी खेल्दै अंक बाँडेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.