च्याम्पियन्स लिगमा चेल्सीको उत्कृष्ट सुरूवात  


च्याम्यिन्स लिगका गए राति भएका खेलमा चेल्सीले प्रभावशाली जीत दर्ता गर्दै उत्कृष्ट सुरूवात गरेका छन्।

समूह सीमा रहेको चेल्सीले काराबागमाथि आधा दर्जन गोल गर्‍यो। चेल्सी खेलको ५ औं मिनेटमा गोल गर्दै काराबागमाथि हावी भएको थियो। पहिलो हाफमा २–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप चार गोल थप्दै गोल अन्तर ६-० मा पुर्‍यायो।

लिगका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बास्लेलाई ३–० ले पाखा लगाउँदा एटलेटिको मड्रिड रोमासँग गोलरहित बराबरी खेल्यो। स्पोर्टिङले ओलम्पियाकोसलाई ३–२ ले, सिएसकेए मस्कोले बेनिफिकालाई २–१ ले र बायर्न म्युनिखले एन्डरलेच्तलाई ३–० ले पराजित गर्‍यो।

लिगका बाँकि खेल आज राति हुँदैछन्। साविक विजेता रियल मड्रिडले अपोएलको सामना गर्दैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.