किन रिसाए नेइमार?


यसै सिजन बार्सिलोनाबाट फ्रेन्च क्लबमा आवद्ध विश्व फुटबलका सबैभन्दा महंगा खेलाडी नेइमार स्कटल्याण्डको क्लब सेल्टिकका खेलाडीसँ रिसाएका छन्।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति पिएसवीले ५-० ले हराएको खेल दौरान सेन्टिकका डिफेन्डर एन्थनी रालस्टनले नेइमारलाई फल गरेका थिए।

त्यसपछि रालस्टनले नेइमारलाई होच्याउने पारामा उनको मुखमा हेरेर हाँसेका थिए। विपक्षी टिमको यस्तो प्रतिक्रियाबाट रिसाएका नेइमारले खेल सकिएपछि पनि उनीसँग हात मिलाएनन्। खेलमा आफ्नो टोली ३–० ले अगाडि रहेकै बेलामा रालस्टनले नेइमारलाई जिस्काएका थिए। सोही समयमा स्कोर बोर्डमा हेर्दै नेइमारले आफूहरू अहले पनि ३–० ले अघि रहेको भन्दै हातले इसारा गरेका थिए।

खेल समग्रमा ५-०ले जितेपछि नेइमारले उनीसँग हात नमिलाइ मैदानबाट बाहिरिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.