ब्राजिलियन स्ट्राइकर नेइमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई उसैको घरेलु मैदानमा ५–० गोलले पराजित गरेको छ।
मंगलबार रातिदेखि सुरु युरोपेली क्लब फुटबलको चर्चित प्रतियोगितामा सेल्टिकले घरेलु मैदानमा अहिलेसम्मकै खराब नतिजा बेहोरेको हो।
यसै सिजन बार्सिलोनाबाट फ्रेन्च क्लबमा आवद्ध विश्व फुटबलका सबैभन्दा महंगा खेलाडी नेइमारले १९ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए।
दोस्रो गोल पिएसजीका अर्का प्रभावशाली खेलाडी केलियान एमबापेले ३४ मिनेटमा गरेका थिए। क्लबका पुराना र अनुभवी स्ट्राइकर इडिसन काभानीले २ गोल गरे। उनले ४० मिनेटमा पेनाल्टीमार्फत र ८५ मिनेटमा उत्कृष्ट हेडिङ गोल गरेका थिए। अर्को गोल पिएसजीले सेल्टिकका मिकाएल लुस्टिगले उपहारको रुपमा पाएको थियो
यस्तै पिएसजीसँगै समूह ‘बी’ मा रहेको जर्मनी क्लब वायर्न म्युनिखले ३–० गोलले एन्डरलेच्टलाई हरायो।
https://www.youtube.com/watch?v=g5_p7UqpPaQ