बार्सिलोना जाने सपना तत्काललाई टरेपछि ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो खेलमा फर्किएका छन्।
स्पेनीस लालिगामा खेलाडी ट्रान्सफरको समय सकिएपछि इङलिस क्लव लिभरपुलमा आवद्ध उनी खेलमा फर्किएका हुन्।
यसअघि चोटका कारण प्रशिक्षणमा समेत अनुपस्थित थिए। तर गत साता भएको विश्वकपको छनोट खेलमा भने ब्रजिलबाट अन्तिम समयमा मैदान छिरेका थिए। बार्सिलोनाले तीन पटक गरेको प्रस्ताव लिभरपुलले अस्वीकार गरेपछि यो सिजन बार्सा जाने उनको सपना पुरा भएन।
कोन्टिन्होले समेत बार्सिलोना जान लिभरपुलमा निवेदन दिएका थिए । तर बार्साले गरेका पटक पटकका प्रस्ताव क्ल्वले अस्वीकार गरेपछि उनले सरुवा रोकिएको हो ।
ब्राजिलियन स्टाइकर नेइमार पिएसजी गएपछि बार्सिलोनाले कोन्टिन्होेलाई भित्र्याउन प्रयास गरेको थियो । नेइमारले छाडेसँगै संकटमा देखिएको बार्सिलोनाले यहि सिजन ब्राजिलियन डिफेन्डर पाउलिनो र उस्मान डेम्बेलेलाई क्लवमा भित्र्याएको छ ।
डेम्बेलेले शनिबार राति बार्साका लागि पहिलो खेल खेलेका छन्।