चेल्सीले लेस्टर सिटीलाई हरायो


साबिक विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई हराएको छ ।

चेल्सीले लेस्टरलाई २–१ ले हराएको हो। चेल्सीको जितमा अल्भारो मोराटा र एन’गोले कान्टेले गोल गरे। लेस्टरका लागि जेमी भर्डीले गोल फर्काए। खेलको ४१ औं मिनेटमा मोराटाको गोलबाट चेल्सीले अग्रता लिएको थियो।

पहिलो हाफ १-० को अग्रता लिएको चेल्सीका लागि ५० औं मिनेटमा कान्टेले गोल गरे । कान्टे गएको सिजन लेस्टरबाट चेल्सी आएका हुन्।

यद्यपी उनले आफ्नो पूर्व टिमविरुद्ध गरेको गोलको कुनै खुशीयाली मनाएनन्। उनले आफ्नो पूर्व टिमको सम्मानका लागि गोलको खुशीयाली नमनाएको बताएक छन्।

खेलको ६२ औं मिनेटमा पेनाल्टीमार्फत भर्डीले लेस्टरका लागि गोल फर्काए। तर उनको गोलले हार जोगाउन सकेन।

गएरातिको खेलसँगै ४ खेलबाट ९ अंकसहित चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १० अंक भएको म्यान्यू शीर्ष स्थानमा रहँदा समान अंक भएको सिटी दोस्रो स्थानमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.