म्यानचेस्टर युनाइटेडको विजयी यात्रा टुंगियो, स्टोक सिटीले बराबरीमा रोक्यो


म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ।

खेलको ४३ मिनेटमा इरिक म्याम्सिम चोउपोको गोलबाट स्टोकले अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्को रास्फोडले बराबरी गोल फर्काए।

पहिलो हाफ १-१ गोल बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५७औं मिनेटमा म्यानचेस्टरका बेल्जियम फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै खेलमा अग्रता दिलाए।

स्टोकका चोउपोले ६३ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल दोस्रो पटक बराबरीमा पुगेको थियो।

बराबरीपछि युनाइटेडले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग अग्रता लिने अवसर गुमाएको छ। शीर्ष स्थानको म्यानचेस्टरको चार खेलबाट १० अंक छ भने गोलअन्न्तरमा पछि गरेको सिटीको पनि १० अंक नै छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.