मेसीको ह्याट्रिकमा बार्सिलोना ५–० ले विजयी


लिओनल मेसीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले स्पान्योललाई ५–० को फराकिलो अन्तरमा हराएको छ।

खेलको २६ मिनेटमा इभान राकिटिकको पासमा मेसीले पहिलो गोल गरे। ३५ मिनेटमा जोर्डी अल्बाले मिलाएको ब्याक पासमा सदुपयोग गरेको मेसीले डिबक्सबाट फेरि अर्को गोल थपे।

खेलको ६७औं मिनेटमा मेसीले अल्बाकै पासमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनाका लागि ३८ औं ह्याट्रिक गरे।

यस्तै जेरार्ड पिकेले खेल सकिन तीन मिनेट बाँकी हुँदा हेडमार्फत चौथो गोल गरे। अन्तिम मिनेटमा सुआरेजले डेब्यु खेलाडी ओस्मान डेम्बेलेको पासमा गोल गरेपछि बार्सिलोनाले ५–० गोलको सानदार जित निकाल्यो।

विश्वको दोस्रो मंहगा खेलाडी बन्ने क्रममा डेम्बेले गत साता जर्मन क्लब बोरूसिया डर्टमुन्डबाट १३५ दशमलव ५ मिलियन पाउन्डमा बार्सिलोना प्रवेश गरेका थिए।

लिगमा शतप्रतिशत नजिता निकालेको बार्सिलोना ३ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ७ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ। डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड ५ अंक जोडेर छैटौ स्थानमा झरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.