विश्वकप छनोटमा इटालीको कठीन जित


रूस विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा ऊउराति इटालीले इजरायलसँग कठीन जीत दर्ता गरेको छ।

सन् २०१८ मा रुसमा हुने विश्वकप छनोट अन्तर्गत मंगलबार रातिको खेलमा इटालीले इजरायलमाथि १– ० को जीत निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा इटालीलाई जिताउन सिरो इमोबाइलले गोल गरे। पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीका लागि खेलको ५३ औं मिनेटमा सिरो इमोबाइलले निर्णायक गोल गरेका थिए ।

यो जितपछि समूह ’जी’ मा रहेको इटालीले विश्वकपमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ।

समूहको दोस्रो स्थानमा रहेको इटालीले ८ खेलबाट १९ अंक जोडेको छ । ऊ शिर्ष स्थानमा रहेको स्पेनभन्दा ३ अंकले पछि परेको छ।

यो समूहबाट एक टोलीले विश्वकप यात्रा तय गर्ने छन् । दोस्रो स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.