विश्वकप छनोटमा स्पेनको गोल वर्षा


विश्वकप छनोटमा स्पेनले लिश्टेनस्टाईनलाई फराकिलो अन्तरले हराएको छ। रूस विश्वकप २०१८ युरोपियन क्षेत्रको छनोटमा गएराति सहज जित निकाल्ने क्रममा स्पेनले लिश्टेनस्टाईनलाई  ८– ० ले गोल वर्षा गरेको हो।

लिश्टेनस्टाईनको घरेलु मैदानमा भएको खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोराटा र ईअगो एस्पसले समान दुई दुई गोल गरे। त्यस्तै इस्को, सर्जियो रामोस र डेभिड सिल्भाले एक एक गोल गरे। थप एक गोल स्पेनले आत्मघाती उपहार पाएको थियो।  लिश्टेनस्टाईन म्याक्सीमिलियन गोप्पेलले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै समूह ’जी’ को स्पेनले विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितपछि स्पेनले ८ खेलबाट २२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इटालीले १९ अंक जोडेको छ। यो समूहबाट एक टोलीले विश्वकप यात्रा तय गर्ने छन् । दोस्रो स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.