विश्वकप छनोटमा फ्रान्सले १०३ वर्षपछि लग्जेम्बर्गलाई जित्न सकेन


विश्वकप फुटबल २०१८ को छनोट अन्तर्गतको खेलमा फ्रान्स लग्जेम्बर्गसँग बराबरीमा रोकिएको छ। युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्सले घरेलु मैदानमा आइतबार राति लग्जेम्बर्गसँग गोलरहित बराबरी खेलेको हो।

फिफा बरियतमा दशौं स्थानमा रहेको फ्रान्सले आफूभन्दा १ सय २६ स्थान तल रहेको टिमसँग बराबरीमा रोकिएको हो। लग्जेम्बर्ग फिफा बरियतामा एक सय ३६ औं स्थानमा छ।

फ्रान्सले लग्जेम्बर्गसँगको खेलमा अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि गोल गर्न असफल भयो। ३४ पटक पोस्ट प्रहार गरेको  फ्रान्सले कुनै गोल गर्न सकेन। फ्रान्सले सन् १९१४ पछि (एक सय ३ वर्षमा) लग्जेम्बर्गलाई हराउन नसकेको यो पहिलो पटक हो। स्टार खेलाडीहरु पउल पोग्बा, एन्टोनी ग्रिजम्यान र केलिय एमबाप्पे रहेको टिम फ्रान्सलाई लग्जेम्बर्गले गोल गर्न दिएन। यसअघि गएको बिहीबार भएको खेलमा बलियो टोली नेदरल्याण्डसलाई फ्रान्सले ४–० ले हराएको थियो।

गएरातिको बराबरीपछि पनि फ्रान्स १७ अंकबसहित समूहको शीर्ष स्थानमा यथावत छ। राति नै भएको खेलमा स्विडेनले बेलारूसलाई ४–० ले हराउँदै १६ अंकसहित दोस्रो स्थानमा छ। यस्तै नेदरल्याण्डले बुल्गेरियामाथि ३–१ को जित दर्ता गर्दै १३ अंकसहित तेस्रो स्थानमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.