इटालीलाई हराउँदै स्पेन विश्वकप नजिक

इटालीलाई हराउँदै स्पेन विश्वकप नजिक


रसिया फिफा विश्वकप २०१८ का लागि  युरोप छनोट अन्तर्गत गएराति भएको खेलमा स्पेनले इटालीमाथि ३–० ले सानदार जीत दर्ता गरेको छ। छनोट अन्तर्गत समूह ‘जी’ को खेलमा स्पेनलाई जिताउन रियल म्याड्रिडका इस्कोले दुई गोल गरे भने अल्भारो मोराटाले थप एक गोल गरे।

खेलको १३औं मिनेटमा इस्कोले फ्रिकिकमार्फत स्पेनलाई अग्रता दिलाएका थिए। यस्तै खेलको ४०औं मिनेटमा दोस्रो गोल गरे।

७७औं मिनेटमा अल्भारो मोराटाले सर्जियो रामोसको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यो जीतसँगै शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक जोडेको छ। स्पेनले अब बाँकी ३ मध्ये कुनैं १ खेलमा जित निकाले पनि विश्वकपमा स्थान पक्का गर्नेछ।

समूहको दोस्रो स्थानमा रहेको इटालीको १६ अंक छ। स्पेन छनोट नजिक पुगेपछि इटालीले सिधैं विश्वकपमा छनोट हुने सम्भावना न्यून बनेको छ।

यस्तै समूह ‘डी’ कै अर्को खेलमा खेलमा जर्जीया र आयरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्।

सर्बियाले माल्डोभालाई ३–० ले हराउँदा वेल्सले अस्ट्रियालाई १-० ले हराएको छ। जितसँगै सर्बिया समूहमा १३ अंक जोड्दै पहिलो स्थानमा छ। दोस्रो स्थानको वेल्सको ११ र तेस्रो स्थानको अस्ट्रियाको ८ अंक छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.