विश्वकप छनोटमा पोल्याण्डमाथि डेनमार्कको शानदार जित


विश्वकप फुटबल २०१८ को छनोट अन्तर्गत शुक्रबार रातिको खेलमा पोल्याण्डमाथि डेनमार्कले सहज जीत दर्ता गरेको छ।

युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह ‘इ’ रहेको डेनमार्कले पोल्याण्डलाई ४–० ले पराजित गरेको हो। डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे ।

डेनमार्कसँग पराजित भए पनि सात खेलबाट १६ अंकसहित पोल्याण्ड समूहको शीर्ष स्थानमा छ । विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.