मापसे गरेका वायन रोनी पक्राउ

मापसे गरेका वायन रोनी पक्राउ


मापसे गरेर सवारी चलाएको आरोपमा वायन रोनी पक्राउ परेका छन्। रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले रोनीलाई उनको घर नजिकैबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

इंग्लिस राष्ट्रिय टोलीका कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका एभर्टनका स्ट्राइक रोनी गए राति पक्राउ परेका हुन्। इंग्ल्याण्डमा रक्सीले मातेर गाडी चलाउन नपाइने नियम छ। ३१ वर्षे रुनीले गएको हप्तामात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

उनले राष्ट्रिय टोलीका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.