अर्जेन्टिनाले उरुग्वेसँ गोलरहित बराबरी खेल्यो, छनोट हुन अझै एक अंक चाहिने


फिफा विश्वकप २०१८को छनोट चरणको खेलमा अर्जेन्टिनाले उरूग्वेसँग गोलरहित बराबरी खेलेको छ। अत्यान्तै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसरहरू पाए पनि सदुपयोग गर्न सकेनन्।

लुइस सुआरेज पहिलो रोजाइमा खेले पनि आठ मिनेट बाँकी हुँदा उनी चोट बोक्दै मैदान बाहिरिएका थिए।

गएरातिको खेलसँगै पछिल्लो ५ खेलमा पनि जित हासिल गर्न नसकेको उरुग्वे २४ अंकसहित तेस्रो स्थानमा छ। यता उक अंक कम भएको अर्जेन्टिना २३ अंकसहित पाँचौ स्थानमा छ।

दुवै टोलीले अंक बाँडेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न दुवै टोलीलाई अझै १ अंक आवश्यक पर्छ।

शीर्ष ४ स्थानमा रहने टोलीले स्वत: विश्वकपमा छनोट हुनेछ भने पाँचौ स्थानमा रहने टोलीले ओसिनियाको टोलीसँग प्लेअफ खेल्नुपर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.