शनिबारदेखि सुरु हुने प्रिमियर इन्स्यूरेन्स झापा मिडिया कप २०७४ को खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक विवेचना दैनिकको कार्यालयमा बरिष्ठ प्रशिक्षक भगिरथ आले ‘मामा’को रोहवरमा खेल तालिका सार्वजनिक गरिएको हो । खेल संयोजक रमेश समदर्शी राईका अनुसार प्रतियोगितामा आठ वटा सञ्चार गृहका टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उद्घाटन खेल जनसंसद दैनिक, लोकतन्त्र पोष्ट दैनिक, सरगम रेडियोको समूहले यलम्बर टाइम्स साप्ताहिक र मेरो रेडियोको टिमसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिनको दोस्रो खेल आयोजक विवेचना दैनिकले सूर्योदय टेलिभिजनको सामना गर्नेछ।
त्यस्तै, तेस्रो खेल न्यू मेची टाइम्स दैनिक र सनराइज एफएमबीच हुने खेल संयोजक रमेश राई समदर्सीले बताए। पहिलो चरणको चौथो खेल आम सञ्चार डटकम र इजलास दैनिकबीचहुने आयोजकले जनाएको छ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल ११ गते सालवारी खेलमैदानमा हुने आयोजकले जनाएको छ । यसअघिका पहिलो चरणका खेल पनि सोही खेल मैदानमा हुने भएको छ ।
प्रिमियर इन्स्यूरेन्स मिडिया कप विजेताले नगद २१ हजार र उपविजेताले नगद ११ हजारसहित ट्रफी पाउने आयोजक विवेचना दैनिकका प्रवन्धक एकराज प्रधानले वताए ।