नेइमारले आफू बार्सिलोनामा खुसी हुन नसकेपछि पिएसजी आएको खुलासा गरेका छन्।
अगष्टको पहिलो साता बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका नेमारले सोमबार पहिलोपल्ट बार्सिलोना छाड्नुको कारणबारे बोलेका हुन्।
घरेलु मैदान पार्क डे प्रिन्समा आइतबार राति टोलुसे विरुद्व जितका क्रममा दुई गोल गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेमारले आफू बार्सिलोनामा सधै खुशी हुन नसकेको बताएका थिए। उनले आफूले बार्सिलोनाका सञ्चालक समितिकै कारण क्लब छोडेको बताए।
बार्सिलोनाको सञ्चालक समितिको कार्यशैली प्रति सन्तुष्ट हुन नसकेको भन्दै उनले ती बार्सिलोनाका कार्यसमितिमा रहनु बार्सिलोनाका लागि घातक हुने समेत बताए।
उनले बार्सिलोनामा सञ्चालक बाहेक अरू कोहीसँग त्यसो कुन नकारात्मक सोच र बेखुसी हुनुपर्ने कारण नभएको बताए।
१ सय ९८ मिलियन पाउण्डको कीर्तिमानी रकममा उनी पीएसजी आएका हुन्।