साफ यू–१५ च्याम्पियनसिपको पहिलो खेलमा सोमबार नेपालले माल्दिभ्सविरुद्ध गोल बर्षा गरिरहेको छ।
पहिलो हाफमा ४-० को अग्रता लिएको नेपालले दोस्रो हाफको पहिलो मिनेटमै गोल थपेको थियो। खेलको ४६औ मिनेटमा नेपालका लागि रोशन दोङले गोल गर्दै अग्रता ५-०मा पुर्याए। यस्तै खेलको ७०औ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै नेपालको अग्रता ६-०मा पुर्याए।
यसअघि खेलको १४औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए। यस्तै २२औ मिनेटमा दर्शन गुरूङले गोल गर्दैं अग्रता दोब्बर बनाएका थिए। खेलको ३७औ मिनेटमा पेनान्टीमार्फत रोशन राना मगरले तेस्रो गोल गरेका थिए।
आकाश बुद्धमगरले पहिलो हाफको इन्जुरी समयमा चौथो गोल गरेका थिए।
यसअघि समूह ‘बी’ को पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो । यदि आज माल्दिभ्सलाई पराजित गरेमा नेपालको सेमिफाइनल स्थान पक्का हुनेछ। आज नेपालले माल्दिभ्सलाई ९ गोल भन्दामाथिको अन्तरमा हराए समूहमा शीर्ष स्थानमा उक्लिने छ।