साफ यू–१५ च्याम्पियनसिपको पहिलो खेलमा सोमबार नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ। नेपालका लागि खेलको १४औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए। यस्तै २२औ मिनेटमा दर्शन गुरूङले गोल गर्दैं अग्रता दोब्बर बनाएको छ। यस्तै खेलको ३७औ मिनेटमा पेनान्टीमार्फत रोशन राना मगरले गोल गर्दै खेल ३-० को अग्रतामा पुर्याए। यस्तै थप गोल आकाश बुद्धमगरले पहिलो हाफको इन्जुरी समयमा गरे।
यसअघि समूह ‘बी’ को पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो । यदि आज माल्दिभ्सलाई पराजित गरेमा नेपालको सेमिफाइनल स्थान पक्का हुनेछ ।
आजको खेलमा नेपाली टोलीले माल्दिभ्सविरुद्ध ९ गोल भन्दा माथिको अन्तरले जित हात पारे अंक तालिकाको शीर्षस्थानमा पुग्नेछ। भारतविरुद्ध खेलमा माल्दिभ्सका कप्तान अहमद समाहसहित ३ खेलाडीले चोट बोक्दै मैदान छाडेका थिए।
हेर्नुहोस् खेलको लाइभ