स्पेनिस ला लिगाको तयारीमा रहेको बार्सिलोनाले गएको वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ।
नाउ क्याम्पमा सोमाबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चापेकोएन्सलाई ५–० ले हराएको छ।
घरेलु मैदान नाउ क्याम्पमा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी, लुइस स्वागरेज, जेरार्ड डेउलोफेउ, सर्जियो बसक्वेट्स र डेनिस स्वारेजले समान एक एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । चापेकोएन्सले पनि केहि गोल गर्ने मौका पाएका थिए तर त्यसलाई सदुपयोग गर्न सकेनन् ।
चापेकोएन्स गएको वर्ष भएको विमान दुर्घटनामा परेर पनि बाँच्न सफल भएका एलन रुशेलको कप्तानीमा खेलेको थियो।
विमान दुर्घटनामा परेर बाँच्न सफल भएका तीन खेलाडी मध्ये रुशेल मात्रै मैदान फर्किन सफल भएका छन्।
एर्नेस्टो भाल्भेर्डेले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नाउ क्याम्पमा भएको यो पहिलो खेल हो । ५३ वर्षका भाल्भेर्डेले लुइ इन्ड्रिकको ठाउँ लिएका हुन् । चापेकोएन्सले २५ नयाँ खेलाडी अनुबन्ध गरेर अहिले टिम पूरा गरेको छ । बार्सिलोनासँगको मैत्रीपूर्ण खेलमा पनि दुर्घटनामा ज्यान गुमाएका १९ खेलाडीसहित ७१ जनाको सम्झाना गरिएको थियो ।