बंगलादेशविरूद्ध नेपालको अग्रता, बिमलले गरे गोल


बंगलादेविरूद्ध नेपालले अग्रता लिएको छ। खेलको २०औं मिनेटमा कप्तान बिमल घर्तिमगर गोल गर्दै अग्रता दिलाएका हुन्। बिमलले अञ्जन बिष्टको क्रश पासमा गोल गरेका हुन्। एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल यु–२३ र बंगलादेश यु–२३ बीच मैत्रीपूर्ण खेल खेलिरहेका हुन्।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ भने बंगलादेश आयोजक प्यालेस्टाईन, ताजिकिस्तान र जोर्डनसहित समूह ई मा रहेको छ ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.