म्यानचेष्टर युनाइटेडले लुकाकुलाई ७.५ करोड पाउण्डमा किन्ने


म्यानचेष्टर युनाइटेडले २४ वर्षिय  बेल्जियल फुटबल खेलाडी रोमेलु लुकाकुलाई ७.५ करोड ब्रिटिस पाउण्ड (१० अर्ब नेपाली रूपैयाँ) मा अनुबन्ध गर्ने भएको छ। बेलायती क्लब इभर्टनबाट पछिल्लो सिजन प्रिमियर लिग खेलेका लुकाकुले २५ गोल गरेका थिए। म्यानचेष्टरले फछिल्लो केही समयदेखि लुकाकुलाई आफ्नो क्लबमा ल्याउन खोजेको थियो।

केही महिनाअघि लुकाकुले इभर्टनमै बस्न सो क्लबले तिर्न खोजेको ‘रेकर्ड फि’ अस्वीकार गरेका थिए।

लुकाकु उनको पूर्व क्लब चेल्सीमा फर्कने धेरैले अनुमान गरेका थिए। सन् २०१४ मा चेल्सीले लुकाकुलाई दुई करोड आठ लाख ब्रिटिस पाउण्डमा इभर्टनलाई बेचेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.