रोनाल्डोको व्यवहारप्रति म्याड्रिड असन्तुष्ट

रोनाल्डोको व्यवहारप्रति म्याड्रिड असन्तुष्ट


क्रिस्टियानो रोनाल्डोको मौनतालाई लिएर रियल म्याड्रिड क्लब असन्तुष्ट देखिएको छ। कर छलीमा आफ्नो नाम मुछिएपछि रोनाल्डो निरास थिए। यही बीच उनी स्पेन छोडेर अन्यत्र जान सक्ने हल्ला पनि चलेको थियो। फ्लोरेन्टिनो पेरेजले दुई साताअघि ४ वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएपछि उनले रोनाल्डोसँग कुरा गर्ने बताएका थिए।

तर, कन्फिडरेशन कपमा पोर्चुगल सेमिफाइनलबाट बाहिरिएसकेको अवस्थामा रोनाल्डोको क्लबका पदाधिकारीसँग कुनै संवाद भएको छैन्।

कर छलीको अभियोगमा मुद्धा चल्ने भएपछि रोनाल्डोले आफू निकट व्यक्तिलाई रियल म्याड्रिड छोड्न चाहेको बताएका थिए। यो कुरा फ्लोरेन्टिनोले पनि स्विकार गरिसकेका छन्। र, उनले रोनाल्डोसँग वार्ता गरेर विश्वस्त तुल्याउने बताएका थिए।  उनले कन्फिडरेशन कपमा पोर्चुगलको टिम समावेश भएका कारण बाधा नहाल्ने तर प्रतियोगिता सकिएपछि कुरा गर्ने बताएका थिए।

यसबीच दुवैको संवाद हुन सकेको छैन्। तर, पोर्चुगलको मिडिया ‘ए बोला’ ले एउटा लेख प्रकासित गर्दै भनेको छ, ‘रोनाल्डो स्पेन छोड्न चाहन्छन र यो फिर्ता लिने निर्णय होइन्।’

यो लेखले रियल म्याड्रिडको पनि उल्झन बढाएको छ। रोनाल्डोले मंगलबार मात्र इन्स्टाग्राममा आफ्नो भर्खरै जन्मिएका जुम्लिया छोरा–छोरी माटियो र इभाको फोटो पोस्ट गरेका थिए। जसमा उनी छुट्टी मनाइरहेको मुडमा आफ्नो ७ वर्षीय छोरासँग थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.