पोग्बाको कीर्तिमानी अनुबन्धको कागज म्यानचेस्टरसँग फिफाले माग्यो


पाउल पोग्बाको विश्व कीर्तिमानी अनुबन्धित रकम फिफाको जाँचको विषय बन्न पुगेको छ। पोग्बा गत वर्ष इटालियन क्लब युभेन्ट्सबाट कीर्तिमानी रकममा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड प्रवेश गरेका थिए। फुटबलको आधिकारीक संस्था फिफाले पोग्बाको अनुबन्धको कागज आफूलाई उपलब्ध गराउन पत्र काटेको छ। ८ करोड ९३ लाख स्टर्लिङ पाउण्डमा उनलाई सम्झौता गराउदा को व्यक्ति संलग्न थिए। र, उनले कति पैसा पाए, त्यसको कागजपत्र फिफाको खोजीको विषय पनि बनेको छ।

क्लब प्रवक्ताले व्यक्तिगत सम्झौताको विषयमा कुनै प्रतिक्रिया नदिने बताएका छन्। २४ वर्षीय पोग्बा दोस्रो पल्ट ओल्ड ट्राफोड भित्रिएका हुन्। उनी सन् २०१२ मा १५ लाख पाउण्डमा क्लब छोडेर युभेन्ट्स गएका थिए।
फ्रेन्च मिडफिल्डर पोग्बा सन् २००९ मा फ्रेन्च क्लबले हार्भेबाट म्यानचेस्टर आएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.