क्रिस्टल प्यालेसले कम्युनिटी शिल्ड जितेको छ।
विम्बली स्टेडियममा गएराति भएको खेलमा लिभरपुललाई पराजित गर्दै क्रिस्टल प्यालेसले कम्युनिटी शिल्ड जितेको हो।
निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा एफए कप विजेता क्रिस्टल प्यालेसले प्रिमियर लिग विजेता लिभरपुललाई ३-२ले हराएपछि कम्युनिटी शिल्ड जितेको हो।
क्रिस्टल प्यालेसका गोलकिपर डिन हेन्डरसनले लिभरपुलका तर्फबाट तीन पेनाल्टी रोके।
म्याक अलिस्टर र हार्भे एलियटको प्रहार रोकेपछि हेन्डरसन जितको नायक बने। त्यसअघि मोहम्मद सलाहको प्रहार पोस्टमाथिबाट गएको थियो।
त्यसअघि खेलको चौथो मिनेटमै ह्युगव इकिटिकेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलएका थिए।
१७ मिनेटमा क्रिस्टल प्यालेसले पाएको पेनाल्टी सदुपयोग गर्दै जेन फिलिप मटेटाले बराबरी गोल गरे।
२१ मिनेटमा जेरेमी फ्रिम्पोङले गोल गर्दै पुनः लिभरपुललाई अग्रता दिलाए।
७७ मिनेटमा क्रिस्टल प्यालेसका इस्माइला सारले गोल गर्दै खेल पुनः बराबरीमा फर्काएका थिए।
त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
प्रिमियर लिग सुरू हुनुअघि कम्युनिटी शिल्ड हुन्छ। जसमा प्रिमियर लिगको गत सिजनका विजेता र एफए कपका विजेताबीच खेल हुन्छ।