लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
आइतबार राति भएको खेलमा टोटेनहमलाई ५-१ गोलले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो। सिजनको उपाधि जित्ने क्रममा लिभरपुल ४ खेल अघि नै विजेता बन्यो।
शीर्ष स्थानको लिभरपुलले अन्तिम चार खेल अघि ८२ अङ्क जोड्दा दोस्रो स्थानको आर्सनलको ६७ अङ्क छ।
लिभरपुलको जितमा डियाजले १६, एलिस्टरले २४, गाप्कोले ३४ र मोहम्मद सलाहले ६३ मिनेटमा गोल गरे।
टोटेनहमका सोलाङ्केले १२ मिनेटमा बराबरी गोल गर्दा युडोगीले ६९ मिनेटमा आत्मघाती गोल गरेका थिए।
लिभरपुलले इङ्ल्यान्डको शीर्ष डिभिजनको लिग २० औं पटक जितेको हो। पछिल्लो पटक उसले २०२० मा लिग जितेको थियो।