इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोलले पराजित गर्यो।
सिटीका लागि गुन्डोआनले खेलको १३ मिनेटमा पहिलो गोल गरे। फिल फोडेनले २८ र ३१ मिनेटमा गरी दुई गोल गरेपछि सिटी पहिलो हाफमा ३-० ले अघि रह्यो।
ब्राइटनका लागि म्याक अलिस्टरले ८१ मिनेटमा पेनाल्टीमा गोल गरे।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा रियाद महारेजले सिटीका लागि चौथो गोल गर्न सफल भए। लिगमा सिटी ९ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा छ।
शीर्ष स्थानको चेल्सीको २२ अंक छ। लिभरपुल १८ अंक जोडेर तेस्रो स्थानम छ भने चौथो स्थानको ब्राइटनको १५ अंक छ।