इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित हात पारेको छ।
लिभरपुलले शनिबार भएको खेलमा वाटफोर्डलाई ५-० गोलले हरायो।
लिभरपुलका लागि साडियो मानेले खेलको नवौं मिनेटमा पहिलो गोल गरे।
फिर्मिनोले ३७ मिनेटमा अग्रता दोब्बर पारे। ५२ मिनेटमा फिर्मिनोले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।
५४ मिनेटमा सलाहले लिभरपुलका लागि चौथो गोल गरे।
दोस्रो हाफको इन्जुरी टाइममा फिर्मिनोले ह्याट्रिक पूरा गर्दा लिभरपुलले सानदार जित हात पार्न सफल भयो।
प्रिमियर लिगको अंक तालिकामा लिभरपुल ८ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको चेल्सीको ७ खेलबाट १६ अंक छ।