माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालविरूद्धको खेलमा बंगलादेशले अग्रता लिएको छ।
पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा एक गोल गरेको हो। नेपालले गोल गर्न सकेको छैन।
नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो।
नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्।
नेपालले जीत निकाले वा बराबरीमा सकाए फाइनल पुग्नेछ। यता बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ।
अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।
भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।
आयोजक माल्दिभ्स र भारतबीच राति खेल हुनेछ। खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।