माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल-बंगलादेशबीच खेल सुरू भएको छ।
नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो।
नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्।
नेपालले जीत निकाले वा बराबरीमा सकाए फाइनल पुग्नेछ। यता बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ। अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।
भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।
आयोजक माल्दिभ्स र भारतबीच राति खेल हुनेछ। खेलमा फाइनलमा पुग्न भारतलाई जीत तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।