साफ च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुवात गरेको छ।
माल्दिभ्समा शुक्रबार सुरु भएको प्रतियोगितामा बंगलादेशले श्रीलंकलाई १-० गोलले पराजित गर्यो।
बंगलादेशको जितमा तोपु बर्मनले गरेको गोल निर्णाय बन्यो। उनले ५६ मिनेटमा प्राप्त पेनाल्टीमार्फत गोल गरेका हुन्।
त्यसअघि श्रीलंका १० खेलाडीमा सीमित बनेको थियो। श्रीलंकाका डकसन पुसलासलाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
साफमा नेपालले अहिले राति माल्दिभ्ससँग खेल्दैछ।
खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।
नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा